४ असार २०८३, बिहिबार

मकवानपुरमा साबेलले हिर्काएर साथीको हत्या

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १३ मंसिर । मकवानपुरमा एक जनाले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् ।

जिल्लाको मनहरी गाउँपालिका–६ प्रतापुरका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेका थिए ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

डिएसपी अर्यालका अनुसार मोक्तान र लोप्चन सँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिँड्ने गर्थे । घटनापछि प्रहरीले लोप्चनलाई साबेलसहित नियन्त्रणमा लिएको छ ।