
काठमाडौं, १२ मंसिर । बक्यौता रकम नर्तिने उद्योगको बैंक खाता रोक्का गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरणले राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
आज प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राष्ट्र बैंकलाई ३४ वटा उद्योगको खाता रोक्का गरिदिन पत्राचार गरेका हुन् ।
यस्तै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगका कार्यकारी सञ्चालकहरूको घरको लाइन काट्ने निर्णय पनि गरेको छ ।
यस्तै, सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया