३० जेष्ठ २०८३, शनिबार

बीआरआई ऋणमा लिनु उचित छैन् : उपमहासचिव ज्ञवाली

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर ।  नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उनले अहिले चीनसँग बिआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन् ।

उनले भने, ‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत जम्म छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ । यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाहिँ छैनौँ । त्यसैले अहिले यति नै बेला चीनसँग बिआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौँ भन्ने खालको कुरा चाहिँ आवश्यक छ जस्तो लाग्दैन् । उचित छैन् । यो समय परिपक्क होइन् भन्ने नै लाग्छ ।’

उनले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी सफल पार्न उनले आग्रह गरे ।

उनले भने, ‘लोनहरुमा हुने अथवा आउने सर्तहरु अलि अलि अप्ठ्यारा छन् । जुन सुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ । यसलाई राजनीतिक आँखाले हेर्नु हुँदैन् भन्ने मेरो आँखा छ । प्रधानमन्त्री ज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउनेगरी भ्रमण सफल होस् आग्रह गर्न चाहन्छु ।’