२२ जेष्ठ २०८३, शुक्रबार

गाउँ विकासको लागि गाउँदेखी केन्द्रसम्म एमालेको सरकार बन्नुपर्छ : एमाले नेता आचार्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १२ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य नीरज आचार्यले गाउँको विकासका लागि गाउँदेखि केन्द्रसम्म एमालेको सरकार बन्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत चुनावी प्रचारका क्रममा जाजरकोटको नलगाड नगरपालिकाको वडा नं १० र ११ का रावतगाउँ, बानियाँगाउँ, दम्मका लगायतका गाउँमा पुगेका आचार्यले एमाले बाहेकका दलबाट विकासको अपेक्षा गर्न नसकिने स्पष्ट पारेका हुन् ।

जहाँ जहाँको स्थानीय तहमा माओेवादीले जित्छ त्यहाँ विकासको लय बिग्रिएको उहाँले बताउनुभयो । माओवादीले लगातार स्थानीय तह , प्रदेश र प्रतिनिधि सभा जितेको यस क्षेत्रमा स्वास्थ्य चौकी , खानेपानी सडकसम्म नबनेको उनले स्पष्ट पारे ।

यो पटकदेखि यस क्षेत्रबाट माओवादीलाई बिदा गर्नुपर्ने बताउँदै देश बनाउने गाउँको विकास गर्ने जिम्मा एमालेले लिने उनको भनाइ छ ।

निर्वाचन विभाग प्रमुख समेत रहेका नेता आचार्यले नलगाडका स्थानीय जनतालाई सूर्यमा मतदान गर्न अपिल गरेका छन् ।