९ श्रावण २०८३, शनिबार

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ ।

मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ ।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ ।

यसैगरी, हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । सम्झौता लागु हुनुभन्दा केही घण्टाअघि इजरायलले लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो ।

मंगलबारको बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको छ । बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो । आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ ।

सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो । अकस्मात् युद्धविराम हुनुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । राष्ट्रपति बाइडनले सीमाका दुवैतर्फ विस्थापित बनेका हजारौँ मानिसहरू छिट्टै आफ्नो घर फर्कन सक्ने बताए ।

Skip This