
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्री र मन्त्रालयका सचिवहरू सहभागी हुनेगरी बैठक आयोजना गरिएको छ ।
बैठकको मुख्य उद्देश्य चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्नु रहेको छ । बैठकमा अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा गहन छलफल गरिने बताइएको छ ।
बैठकमा सरकारले गरेका काम कारबाहीहरु, मन्त्रालयले सचिवहरुसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।








प्रतिक्रिया