३० असार २०८३, मंगलबार

दुर्घटनामा घाइते चालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–१ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो । उनलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो ।

जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।