
काठमाडौं, ११ मंसिर । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
रास्वपाका नेता कार्यकर्ताले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन् ।
लामिछानेलाई आज कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याउने तयारी छ ।









प्रतिक्रिया