
काठमाडौं, ११ मंसिर । गत कात्तिक २८ गते शंखरापुर नगरपालिका-९, स्थित साँखु-थली सडकखण्डमा भाइरल झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका दम्पतीका दुई छोरीको अभिभावकत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएका छन् ।
झाँक्रीले चलाएको गाडीको ठक्करबाट कागेश्वरी मनोहरा-२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी मृत्यु भएको थियो ।
प्रचण्डले नगरकोटीको घरमै पुगेर दुई छोरीको अभिभावकत्व लिने घोषणा गरेका हुन् ।









प्रतिक्रिया