
काठमाडौं, ११ मंसिर । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले राइड सेयरिङ एप इनड्राइभका चालकहरुको लागि ‘५ मा १०० इनड्राइभको पूरै कमिशन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना विशेष रूपमा इनड्राइभ चालकहरू र उनीहरुमार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
मंसिर ९ गते देखि फागुन ९ गतेसम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इनड्राइभ एपमा टपअप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफूले इनड्राइभलाई तिर्नुपर्ने कमिसन १०० प्रतिश फिर्ता पाउन सक्नेछन् । साथै, तोकिएको कारोबार वा भुक्तानीहरु गरे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ ।
चालकहरुले योजनाअन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने हुन्छ ।
- नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (७५ रुपैयाँसम्म बोनस)
- यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिने (१० रुपैयाँ बोनस, प्रतिदिन)
- डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (१० रुपैयाँ बोनस, प्रतिदिन)
- भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (१० रुपैयाँ बोनस, प्रतिदिन)
- मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (१० रुपैयाँ बोनस, प्रति दिन)








प्रतिक्रिया