
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेका बताएका छन् ।
सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले केपी ओली माथिको प्रहार भएको स्पष्ट पारे । जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यस माथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कस्तो प्रहार हुन्छ भन्ने भन्ने कुरा अहिले केपी ओली माथि भएको प्रहारले बुझ्न सकिन्छ’, पोखरेलले भने ।
सर्वोच्च अदालतको फैसलाले कमजोरले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरु भएको पोखरेलले बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उनले बताए । ‘जसले गल्ती गर्यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन त्यो आलोचनाको निशानामा छ’, उनले भने ।
यस अघिको सरकारका प्रधानमन्त्री र अर्थ मन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन् भुक्तानी गर्नुपर्ने छ भनेर दायित्वमा पनि नराखेको पोखरेलले बताए । त्यसको आलोचना गर्नुभन्दा अहिलेको सरकारले त्यो गल्तीलाई सुधार गर्ने र भुक्तानी काग गरिरहेको अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
कतिपय निर्माण व्यवसायीहरूले काम गर्नको लागि लिएको मोभिलाइजेशन फण्ड नाफा कमाउन जग्गामा लगानी गरेको जग्गाको कारोबार संकटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको पोखरेलले बताए । यसले गर्दा निर्माण कार्य नै रोकिएको उनको भनाइ छ ।
नेपालका निर्माण व्यवसायीले काम गर्न भन्दा पनि ठेक्का पार्न बिलोमा टेण्डर हाल्ने गरेका उहाँले बताउनुभयो । यसले गर्दा गुणस्तरीय काम पनि नहुने र निर्माण व्यवसायी पनि डुब्ने गरेका पोखरेलले सुनाउनुभयो । त्यसैले निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्न उनले सुझाव दिए । अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्ण युग बनाउन सक्ने युग भएको पोखरेलले बताए । नेपालमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको पोखरेललेको भनाइ छ । नेपाली गरिब होइन नेपाल राज्य गरिब भएको उनले बताए ।
नेपालमा जति बाह्य पर्यटक आएर खर्च गर्छन्, त्यो भन्दा बढी नेपालबाट विदेश गएर गर्नेहरूको खर्च भएको उनले बताए । त्यसैले नेपाली गरिब नभएका उनको धारणा छ । नेपालमा निर्माण क्षेत्र लगायत विभिन्न क्षेत्रमा दक्ष कामदारको अभाव रहेको बताउँदै उनले दक्ष जनशक्ति निर्माणमा जोड दिन पर्ने बताए ।
नेपालसँग पर्याप्त सामर्थ्य भए पनि त्यो सामर्थ्यको प्रयोग गर्ने राज्यलाई कमजोर बनाइएको पोखरेलको भनाइ छ । देश बनाउन नेता मात्र होइन जनता पनि लाग्नु पर्नेमा उहाँले जोड दिए । ‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नु पर्यो, पार्टीलाई गाली गरे मात्रै देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन’, उनले भने ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू जीवन गौतम, गीता कार्की अन्य दलका निर्माण व्यवसायी संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो ।








प्रतिक्रिया