३२ असार २०८३, बिहिबार

प्युठानमा कांग्रेस र माओवादीका १०५ जना नेता कार्यकर्ता एमालेमा प्रवेश

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १० मंसिर । प्युठानको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङमा विभिन्न राजनीतिक दलका एक सय पाँच जना नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी तथा पूर्वइकाई सभापति पृथबहादुर बुढामगर, वर्तमान इकाई सचिव सनवीर बुढामगर र नेकपा (माओवादी केन्द्र)का वडा सचिव एकबहादुर विश्वकर्मासहित १०५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले पार्टीमा स्वागत गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेता थापाले यहाँको पार्टी वडा कमिटी थप सबल र सशक्त बन्ने विश्वास व्यक्त गरे । सांसद थापाले एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउँदै एमालेको लक्ष्यमा नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने बताए ।

यसैबीच, शनिबार सम्पन्न एमाले नौबहिनी गाउँपालिका-१ को दोस्रो वडा अधिवेशनले चन्द्रमणि बुढामगरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।