
काठमाडौं, ९ मंसिर । शुक्रबार काठमाडौंको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना पत्र बुझ्न एमालेले अस्वीकार गरेको छ ।
आज महानरपालिकाका प्रतिनिधि पत्र लिएर एमाले पार्टी कार्यालयमै पुगेकामा पत्र बुझ्न अस्वीकार गरेको हो । यसअघि पठाएको जरिवाना पत्र बेवास्ता गरेपछि महानगरपालिकाले आज अर्को पत्र पठाएको थियो ।
तर पार्टी कार्यालयका कर्मचारीले पत्र बुझ्न अस्वीकार गर्दै फिर्ता पठाइदिएका हुन् ।








प्रतिक्रिया