२२ जेष्ठ २०८३, शुक्रबार

रवि लामिछानेलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अघिल्लो पटक कात्तिक २५ गते थपिएको १३ दिनको म्याद समाप्त भएपछि उनलाई आज पुनः अदालत समक्ष उपस्थित गराइएको हो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

प्रहरीले लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।