२२ असार २०८३, सोमबार

पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति बन्ने

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ९ मंसिर । पोखरा महानगरपालिका-२८ चुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ ।

वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि संघ सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको छ । मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । त्यस स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ ।

मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए ।

पोखरा महानगरपालिका-२८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि ७४ करोड रुपैयाँ खर्च हुने बताए ।