२२ जेष्ठ २०८३, शुक्रबार

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ ।

आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीन जनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो ।

अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको हो ।

गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।