२७ असार २०८३, शनिबार

पूर्वमन्त्री पदम राईको निधन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदम राईको निधन भएको छ ।

पारकिन्सन रोगबाट लामो समयदेखि ग्रसित ५७ वर्षीय राईको शनिबार साँझ वीर अस्पतालमा निधन भएको हो ।

राईको निधनबाट आफू दुखित भएको माओपवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री क. पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’