
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् ।
उनलाई फोक्सोसम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।








प्रतिक्रिया