२३ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ८ मंसिर । साइबर अपराध मुद्दामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीले ठक्कर दिँदा घाइते भएका स्थानीय फुलेश्वर मेहताको उपचारको क्रममा मृत्यु भएको छ ।

सुनसरी प्रहरीका अनुसार गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कोशी ब्यारेजतर्फ जाँदै गरेको अवस्थामा भएको दुर्घटनामा घाइते भएका स्थानीय ६० वर्षीय मेहताको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई प्रारम्भिक उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो ।

मृतक मेहताका आफन्तले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै उनीहरूले घटनाको छानबिनको माग गरेका छन् ।