४ श्रावण २०८३, सोमबार

एमाले-कांग्रेस सहकार्य ८४ को निर्वाचनसम्म रहन्छ : मन्त्री अधिकारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ८ मंसिर । नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाली कांग्रेससँगको सत्ता सहकार्य २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

शुक्रबार एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राजनीतिक स्थिरता, संविधान संशोधन र जनताले अनुभूति गर्नेगरी विकास निमार्णका काम गर्नका लागि सरकार बनेको दाबी गर्दै अधिकांस कामहरु सम्पन्न हुने चरणमा रहेकाले यो सरकारले जनताको विकासप्रतिको चाहाना पूरा गर्ने बताए ।

मन्त्री अधिकारीले एमाले र कांग्रेसका केही मन्त्री फेरिने कुरा हावादारी रहेकोे भन्दै सरकारलाई अस्थिर बनाउन यस्ता अधारहिन समाचार ल्याउने काम भएको बताए ।

एक फरक प्रसंगमा मन्त्री अधिकारीले सहकारीको क्षेत्रमा सरकारले गर्नुपर्ने सबै काम गरिसक्ने बताए । सहकारी ऐन संसोधन एक महिना भित्रै गरिसक्ने, कर्जा असुली न्यायाधिकरण गठन ,दोस्रो तहको नियामक निकाय (एसटिआइ) गठन गर्ने, कर्जा सूचना केन्द्रमा वित्तीय सहकारीलाई आबद्ध गर्ने काम अबको १–२ महिना भित्र सम्पन्न गर्ने बताए ।

मंसिर १५ भित्रै भुमि आयोगका जिल्ला संरचना गठन हुने र अबको ५, ६ महिनाभित्रै सरकारले भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरणको काम अघि बढ्ने मन्त्री अधिकारीको भनाई छ ।