२६ असार २०८३, शुक्रबार

महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन अयोगमा दिएका थिए ।

उजुरी आएपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्दामा मृत्यु भएका परिवारबाट लिएको घुससहित पक्राउ गरेको हो ।