
काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना गराएको छ ।
आज एमालेले काठमाडौको दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो । सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरेको भन्दै महानगरपालिकाले जरिवाना गराएको हो ।
‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,००० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’ महानगरपालिकाले एमालेलाई पठाएको पत्रमा भनिएको छ ।









प्रतिक्रिया