
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कबीच कुराकानी भएको छ ।
प्रधानमन्त्री ओलीले आज साँझ मस्कसँग भर्चुअल कुराकानी गरेका हुन् । प्रधानमन्त्री र मस्कबीच मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।









प्रतिक्रिया