१ कार्तिक २०८३, आइतबार

आइएमई पे एपबाटै आईईएलटीएस टेस्टको शुल्क तिर्न सकिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पेमार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।

प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट लाइफ स्कील्स ए१/ए२, बी१को निम्ति भुक्तानी आइएमई पे एपमार्फत गर्न सक्नेछन् । सिमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट १००० रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौँ ।’