२२ जेष्ठ २०८३, शुक्रबार

जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट हटाउन सभामुखद्वारा अस्वीकार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमालाभ सापकोटालाई सांसदबाट हटाउन अस्वीकार गरेका छन् ।

जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही गर्न जनमत पार्टीले सभामुखलाई निरन्तर ताकेता गर्दै आएको थियो ।

अन्ततः आज सभामुखले सापकोटलाई नहटाउने निर्णय गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन ऐनको दफा ३२ को उपदफा १‚२‚३‚४ र ५ सम्बन्धी जुन प्रक्रिया छन् त्यी प्रक्रिया पूरा भएको नदेखिएको त्यसैगरी दफा ३८ को प्रक्रिया पूरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखले गरेका संसद सचिवालयले जानकारी दिएको छ ।