२१ असार २०८३, आइतबार

एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुंगाना निर्वाचित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुंगाना निर्वाचित भएका छन् । गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुंगाना अध्यक्षमा निर्वाचित भएका हुन् । ढुंगानाले २२६ मत प्राप्त गर्दा श्रेष्ठले २०४ मत पाए ।

यसैगरी, उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तारामान मादेन निर्वाचित भएका छन् भने खुला उपसचिवमा यादवबहादुर खापुङ निर्वाचित भएका छन् ।

त्यसैगरी, महिला उपसचिवमा तारा ढकाल निर्वाचित भएकी छिन् ।