३० जेष्ठ २०८३, शनिबार

‘भोलि काठमाडौंमा हुने एमालेको जागरण सभा विखण्डनकारी शक्तिका विरुद्ध’

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले भोलि काठमाडौंमा गर्न लागिएको जागरण सभा विभाजनकारी शक्तिका विरुद्ध भएको बताएका छन् ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रूपमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम विखण्डनकारी शक्तिका विरुद्ध उपत्यकाको जनप्रदर्शन भएको ढुंगेलले बताए ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेल

अराजकतावादीहरूको विरुद्ध एमालेले आफ्नो असलीरुप भोलिको कार्यक्रममा देखाउने उनले स्पष्ट पारे । एमाले कमजोर भयो, पुराना पार्टीहरू सकिए भन्नेहरूले भोलिको कार्यक्रममा एमालेको शक्ति देख्ने उनले दाबी गरे ।

ढुंगेलले अहिले समाजको हरेक क्षेत्रमा विभाजनकारी अराजक शक्तिले टाउको उठाउने प्रयास गरेका बताए । ‘अराजकतावादीहरूले संस्कृतिमा विभाजन, पार्टीमा विभाजन, समाजमा विभाजन र व्यवस्थामा विभाजन गरेर भाँडभैलो गर्ने काम भएको छ, यसलाई हामी भोलिको कार्यक्रमबाट चिर्छौँ’, उनले भने ।

भोलिको कार्यक्रममा एमाले, वर्तमान सरकार र प्रधानमन्त्री केपी ओली विरुद्ध गरिएका कुप्रचारको भ्रम चिरिने पनि उनले बताए । जनतालाई सही सूचना दिनु राजनीतिक दलको कर्तव्य भएकाले भोलिको कार्यक्रममार्फत जनतालाई सूचना प्रवाह गरिने ढुंगेलले प्रष्ट पारे ।