३२ असार २०८३, बिहिबार

एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य सहित १४ जना एमालेमा प्रवेश

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ६ मंसिर । नेकपा (एकीकृत समाजवादी) मोरङका नेताहरू पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टी विभाजनका क्रममा नेकपा एकिकृत समाजवादी तर्फ लागेका मोरङका नेताहरु आज सामूहिक रुपमा एमालेमा प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य रवीन नगरकोटी सहित १४ जना आज एमालेमा प्रवेश गरेका हुन् । नगरकोटी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पूर्व अध्यक्ष समेत हुन् । यस्तै एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्य, नेपाल खेलकुद महासंघ समाजवादीको जिल्ला अध्यक्ष तथा नेपाल सितेरियो कराँते महासंघ कोशी प्रदेश कमिटीको महासचिव राम लिम्बुपनि एमालेमा प्रवेश गरेका छन् । उनी कराँतेका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

यस्तै जिल्ला कमिटी सदस्य तथा कटहरीका अध्यक्ष युवराज राजवंशी, विराटनगर–७ का वडा कमिटी सदस्य ओम पौड्याल, वडा कमिटी सदस्य वसन्ती परियार पनि एमालेमा प्रवेश गरे । परियार ०७४ र ०७९ मा विराटनगर–७ वडा दलित वडा सदस्यको उम्मेवार थिए ।

यस्तै खेलकुद महासंघ समाजवादीका प्रदेश कमिटी सदस्य एवम् मोरङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी दिनेश लाल कर्ण, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी चन्द्रकला कामत, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा सुटिङको राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक कौशल आचार्य, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा फुटबलका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक पारस चौधरी, खेलकुद महासंघ जिल्ला कमिटी सदस्य अनमोल शिवा, खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य एवम् एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी उषा कर्ण चौधरी, खेलकुद महासंघ मोरङका सदस्य तथा नेपाल कबड्डी संघ कोशी प्रदेशको सचिव एवम् राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाबुनन्द यादव र एकीकृत समाजवादी विराटगर–७ कमिटी सदस्य नयना श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज जीवन घिमिरे, जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतका नेताहरुले खादा र टिका लगाएर पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्नेहरुलाई संक्षिप्त संवोधन गर्दै केन्द्रीय सदस्य जीवन घिमिरेले ढिलो चाँडो मुल पार्टीमा प्रवेश गरेकामा धन्यवाद दिँदै पार्टीले सबैलाई जिम्मेवारी प्रदान गर्ने बताए । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा एमालेबाट मात्र सम्भव भएको भन्दै त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट कृयाशील हुनुपर्नेमा उनले जोड एि ।

जिल्ला अध्यक्ष बाबुराम कार्कीले बिना शर्त एमालेमा फर्किएकामा धन्यवाद दिँदै आवश्यकता अनुसार पार्टीले जिम्मेवारी प्रदान गर्ने बताए ।