२० जेष्ठ २०८३, बुधबार

राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुंगानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

पूर्वसभामुख ढुंगानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।