
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति पक्षमा रहेको बताएका छन् ।
प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुझाएका ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्रीले नेपाल विश्व शान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पारेका हुन् ।
तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सहीरहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने उनले विश्वास दिलाए ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।








प्रतिक्रिया