३१ जेष्ठ २०८३, आइतबार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ ‘समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । यो योजना गरिब, न्यून आय भएका र सीमान्तकृत समुदायका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले लघु बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यो बीमा योजनाले विभिन्न जीवन चरणका आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्य राखेको छ । बीमा गरेपछि नियमित पाँच-पाँच वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत अग्रिम रूपमा फिर्ता हुनेछ ।

यस योजनाले शैक्षिक खर्च, विवाह, धार्मिक तथा सांस्कृतिक कार्य र व्यवसाय सञ्चालन जस्ता विविध जीवन पक्षहरूमा आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था मिलाएको छ । बीमाङ्क रकम ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म रहेको छ र १८ देखि ५० वर्षका उमेरका व्यक्तिहरूले यो योजना लिन सक्नेछन् ।

न्यून बीमाशुल्क, आयकर छुट, दुर्घटना बीमा सुरक्षा, र भविष्यको आर्थिक सुरक्षाको सुनिश्चितता यसको विशेषताहरू रहेको छ । यो योजनाले दुर्गम क्षेत्रसम्म बीमा साक्षरता बढाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।