२६ जेष्ठ २०८३, मंगलबार

प्रहरीलाई देख्ने बित्तिकै रश्मिला धामीले पिइन् विषादी, अचेत अवस्थामा उपचार हुँदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । एमाले नेता ऐन महरमाथि आरोप लगाउँदै आएकी रश्मिला धामीले विषादीयुक्त वस्तु सेवन गरेकी छिन् ।

आज उनले पाटन उच्च अदालत परिसरमा प्रहरी देख्ने वित्तिकै विषादीयुक्त वस्तु सेवन गरेकी हुन् । नेता महरले रश्मिलाविरूद्व आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी जाहेरी दिएका छन् ।

उनीविरूद्व पक्राउ पुर्जी पनि जारी भइसकेको छ । उनी अदालत पुगेका बेला उनकै खोजीका लागि सादा पोसाकका प्रहरी अदालत पुगेको थियो ।

अदालतमा प्रहरीलाई देख्ने बित्तिकै उनले विषादी सेवन गरेकी हुन् । उनको अवस्था अहिले अचेत छ । उनको अल्का अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।