२३ असार २०८३, मंगलबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रूपैयाँले घटेको छ । मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।