२२ असार २०८३, सोमबार

बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ५ मंसिर । भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् ।

भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।

‘विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छौँ ।’ उनी भन्छन्, ‘तीस घरका एक सय ५० जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानका स्थानन्तरण गर्ने प्रयास जारी छ ।’

यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ । नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको ५० लाख रुपैयाँ अपुग भएकाले विकास निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए । अधिकांश आयोजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए ।