१६ असार २०८३, मंगलबार

ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवै वित्तीय अपराधी हुन् : सूर्य थापा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुनै वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले काहीँ कतै कसैले पनि ऋण मिनाहा नपाउने स्पष्ट पारेका छन् ।

संसदीय छानबिन विशेष समितिका सभापतिसमेत रहेका थापाले ऋण लिनेहरू विदेशी दलालको भड्काउनमा उफ्रिन सक्ने भन्दै सचेत गराएका हुन् । ‘सहकारी, लघुवित्त, फाइनान्स र बैंकबाट ऋण लिनेहरू विदेशी दलालले भड्काएर उफ्रिन सक्छन्, तर संसारभर तिर्नुपर्छ, कहीँ कतै ऋण मिनाहा पाउँदैनन्’, थापाले लेखेका छन् ।

ऋण नतिर्ने जो कोहीलाई पनि कालक्रममा कारबाही हुने उनले स्पष्ट पारेका छन् । ‘ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरि वित्तीय अपराधी हुन्, समय क्रममा कारबाही र ऋण असुली हुन्छ नै’, उनले लेखेका छन् ।