९ असार २०८३, मंगलबार

बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताहरू छलफलमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । सत्तारूढ दल नेकपा (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन्।

शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् हेरफेर, बीआरआई सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।