१० श्रावण २०८३, आइतबार

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्न भएको छ ।

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन् ।

बाइडेनको अनुमतिपछि रुसले कडा प्रतिक्रिया भने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भू-भागमा लामो दूरीको क्षेप्यास्त प्रहार भएमा ‘उपयुक्त र ठोस कदम’ चाल्ने प्रतिक्रिया दिएको हो । रूसले अमेरिकी कदमलाई ‘आगोमा घ्यु थप्ने’ काम भएको टिप्पणी गरेको छ ।

विदेश मन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूसविरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता’ हुने पनि बताएको छ ।

राष्ट्रपति जो बाइडेनले रूसमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिँदा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केही खुलेको छैन् । ट्रम्पले आफ्नो चुनावी अभियानमै रूस-युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए ।

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्ध लगाएका थिए । रुस-युक्रेन युद्ध सुरु भएको १ हजार दिन पुगेका बेला बाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममा रूसले युक्रेनी ऊर्जा संरचनाहरूमा तीव्र आक्रमण गर्दै ब्ल्याकआउट र जनधनको क्षति पुर्‍याएको छ ।

ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएको बीबीसीले लेखेको छ ।