२३ जेष्ठ २०८३, शनिबार

आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको योजना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गर्ने र अमेरिकी सेनाको स्रोत परिचालन गरेर अवैध आप्रवासीहरुलाई देश निकाला गर्ने योजना बनाएका छन् ।

यो जानकारी उनको सोसल मिडिया प्लेटफर्म ट्रुथमार्फत आएको हो । जहाँ उनले ठूलो मात्रामा निर्वासन पहलको लागि सैन्य सम्पत्तिको प्रयोगको सुझाव दिने पोस्टलाई समर्थन गरे ।

ट्रम्पको पोस्टले कन्जरभेटिभ समूह जुडिसियल वाचका प्रमुख टम फिटनले लेखेको पोस्टलाई पुष्टि गरेको छ । फिटनले यस महिनाको सुरुमा आपतकालीन शक्ति र सैन्य स्रोतहरू निर्वासन प्रयासहरूको लागि प्रयोग गर्ने बारे लेखेका थिए । सोमबार बिहान ४ बजे ट्रम्पले फिटनको पोस्ट पुनः पोस्ट गरेका हुन् ।

‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ।’ फिटनले लेखेका थिए । सोही पोस्टलाई पुनः पोष्ट गरेर ट्रम्पले यो कुरा ‘साँचो’ भएको उल्लेख गरेका हुन् ।