
विराटनगर, ४ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य भएका ४२५ जनाभन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओ क्लब सदस्यता वितरण गरेका थिए । यस प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्धितिय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लैजाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरु बीच सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट २००० जनाभन्दा बढी अभिकर्ताहरु छनोट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।
समारोहमा सिइओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।








प्रतिक्रिया