७ श्रावण २०८३, बिहिबार

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

आज बिहान ११ बजेदेखि सानो गौचरणमा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु पुगेर ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गर्ने छन् ।

कलेजोसम्बन्धी समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो आइतबार दिउँसो निधन भएको थियो ।