४ असार २०८३, बिहिबार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । संघीय संसद्अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दै छ ।

समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बिहान ११ः४५ बजे बस्ने छ ।

संघीय सचिवालयका अनुसार बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ । छलफलका लागि कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको छ ।