३१ जेष्ठ २०८३, आइतबार

रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे ८ करोडमाथि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको हो ।

गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख  सञ्चालन आम्दानी गरेको छ । त्यस्तै कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख कुल नाफा कमाएको छ भने कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रूपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार साथै वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रहेको छ।

१ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रूपैयाँ रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तिय विवरणमा यस बर्ष भने सुधार आएको छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपैयाँमा झरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुधार भएर १९.९५ रूपैयाँ पुगेको हो ।