
काठमाडौं, २ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरूद्व काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं जिल्ला अदालतले कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने र जोशीविरूद्व पक्राउ पुर्जी जारी गरेको हो ।
यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी गरेको आरोपमा सहकारीका अध्यक्ष जीवी राईसहित २२ जनाविरूद्व पक्राउ पुर्जी जारी भइरहेको छ ।
लामिछाने र जोशी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका छन् ।








प्रतिक्रिया