२६ असार २०८३, शुक्रबार

स्मार्टच्वाइस टेक्नोलोजिज र पायोनियर असोसिएट्बीच विभिन्न सेवाहरु सञ्चालन गर्न सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र दशकौँदेखि विभिन्न वित्तीय संस्थाहरुलाई विभिन्न डिजिटल सेवा प्रदान गर्दै आएको पायोनियर असोसिएट् प्रालिबीच ‘कोसिस’ सिस्टमको प्रयोग गर्ने सहकारीलगायत अन्य वित्तीय संस्थाहरुमा कार्ड, क्युआर र अन्तर बैंक भुक्तानीलगायतका सेवाहरु एससिटीको सहकार्यमा हुने सम्झौता सम्पन्न भएको छ ।

पायोनियर असोसिएट्को कार्यलयमा आयोजित कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियर असोसिएट्का तर्फबाट प्रबन्ध निर्देशक पायोनियर खड्काबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा र स्मार्ट क्युआर ब्राण्डमा क्युआरमार्फत भुक्तानी सेवा दिँदै आएको छ । यस सेवाको सुरुवात पश्चात कार्ड र क्युआरमार्फत गरिने भुक्तानी सेवा सहकारी, लघुवित्तलगायतका संस्थाहरुमा विस्तार गर्न अझै सहज हुने दुवै पक्षले जनाए ।