११ असार २०८३, बिहिबार

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै टेलिकमलाई सरकारले सम्मानित गरेको हो ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा शनिबार आयोजित विशेष समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सम्मानपत्र प्रदान गरे ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते मनाउने राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने गरिन्छ । यस वर्षको कार्यक्रममा नेपाल टेलिकमसहित अन्य उच्च करदाता व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको थियो ।