
काठमाडौं, २ मंसिर । कीर्तिपुर नगरपालकिा वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) ले जनता समाजवादीलाई सघाउने भएको छ ।
माओवादीले अन्तिम समयमा जसपालाई सघाउने निर्णय गरेको थियो । लावालस्करसहित उम्मेदवारी दिन हिँडेका माओवादीका उम्मेदवार अष्टमान महर्जन अन्तिम समयमा बाटोबाटै फर्किनु परेको हो ।
उम्मेदवारी दर्ता गराउन महर्जनसँग जसपाका सरल महर्जन पनि थिए । केन्द्रबाट माओवादीले उम्मेदवारी नदिने र जसपाका सरललाई सघाउने निर्णय पुगेसँगै उनी बाटोमै रोकिएका हुन् ।
उनले बाटोमै सरललाई शुभकामना दिएका थिए । पार्टीको निर्णयको स्वागत गर्ने र सरललाई सहयोग गर्ने महर्जनले बताएका छन् ।








प्रतिक्रिया