५ श्रावण २०८३, मंगलबार

श्रीलंकामा कम्युनिष्ट पार्टी विजयी भएकोमा एमालेद्वारा खुशी व्यक्त

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले शानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुशी प्रकट गरेको छ ।

श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुशी प्रकट गर्दै एमालेले बधाई ज्ञापन गरेको हो । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाई बहुमत हासिल गरेको छ ।

कुशासन, राजनीतिमा हाबी, परिवारवाद र चरम आर्थिक सङ्कटका विरुद्धमा दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि ९२१ सेप्टेम्बर २०२४० सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास एमाले व्यक्त गरेको छ ।

महासचिव शंकर पोखरेलले आइतबार एक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको नेकपा एमाले पार्टी श्रीलङ्कामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताबाट खुसी भएको उल्लेख गरेका छन् ।

‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभिपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपिपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

सङ्कटका बेला जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना एमालले दिएको छ ।