९ श्रावण २०८३, शनिबार

स्पेनमा एक टन चरेससहित सात जना बेलायती पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याड्रिड, २ मंसिर । स्पेनको दक्षिणी भागमा प्रहरीले १.२ टन चरेस बरामद गरेको छ ।

लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा सात जना बेलायतीलाई पक्राउ गरिएको स्पेन सरकारले शनिबार जनाएको छ ।

‘बेलायतको नेसनल क्राइम एजेन्सीसँग काम गर्ने राष्ट्रिय प्रहरीले मार्बेला र एल्चेमा सामान बोक्ने गाडीमा लागूऔषध ओसारपसार गरेको आशङ्कामा चेक गर्दा उक्त चरेस फेला परेको हो,’ गृह मन्त्रालयले भनेको छ ।

‘अधिकारीहरूले एक हजार २०० किलोग्राम चरेस बरामद गरेका छन् र यस घटनामा संलग्न रहेको आरोपमा सात जना बेलायती नागरिकलाई हिरासतमा लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ । बेलायती प्रवासीहरूको ठूलो जनसङ्ख्या रहेको मार्बेलास्थित फुएनगिरोलाको पर्यटक रिसोर्ट र दक्षिणपूर्वी शहर एल्चेमा उनीहरु पक्राउ परेका हुन् ।

चरेसको केही मात्रा बालुवाले भरिएको प्लास्टिकका ठूला कन्टेनरमा लुकाइएको अवस्थामा भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रहरीले त्यस क्षेत्रबाट ६३ हजार युरोभन्दा बढी नगद, पाँच जना यात्रुवाहक र एउटा ठूलो लरीसमेत बरामद गरेको छ ।

पक्राउ परेका सात जना बेलायतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । स्पेन उत्तरी अफ्रिकामा निर्मित भाङ अन्य रासायनिक तथा जैविक पदार्थको मिश्रणबाट तयार गरिएको चरेसको लागि युरोपको एक प्रमुख प्रवेशद्वार हो ।

स्पेनमा सन् २०२२ मा करिब ३२५ टन चरेस जफत गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । एएफपी

Skip This