२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले जसलाई मिल भनेको छ तिनीहरु मिल्नुपर्ने इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ तिनीहरुसँग मिल्न नहुने बताएका छन् ।

उनले प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबलर रिल्याक्स अनुभव गरेको धारणा राखे ।

उनले भने,’म चिप्लो कुरामा चिप्लिए र अहिले राजनीतिक अलिक जटिल हुँदै गएको कुरा मलाई महसुश भएको छ। हामी सबैले पनि आफूपनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन । यो कुराको चेतना आजको आवश्यकता हो । यसो भन्दा प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन । विल्कुल होइनअहिले मैंले प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेवल फिल गरेको छु, रिल्याक्स छु । जनताको बीचमा गएको छु । ’

उनले समाजमा बढी अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको बताउँदै पार्टीभित्रै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने कसैको मनसाय भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।

उनले भने,‘हामी आज देख्छौ समाजमा अलि बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको छ । एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामी भित्र नै कसैको मनसाय त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ ।’