४ श्रावण २०८३, सोमबार

काठमाडौंको गोकर्णेश्वरमा एकै घरका तीनजना मृत फेला

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कार्तिक । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।

सीताका श्रीमान कान्छा नगरकोटीले श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा कोठाभित्र मृत फेला परेका हुन् ।

प्रहरी र चिकित्ससहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेका छन् ।